You are viewing the translated version of सूचीकरण गर्ने.
Rule 14
सूचीकरण गर्ने
(१) सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सूचीकृत हुन चाहने स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले अनुसूची-८ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लेख भए बमोजिमको कागजात संलग्न गरी देहायको निकायमा निवेदन दिनु पर्नेछः-
(क) स्थानीय तह अन्तर्गत सञ्चालित स्वास्थ्य संस्था वा स्थानीय तहबाट इजाजतपत्र प्राप्त गरेका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तह वा स्थानीय तहले तोकेको निकायमा,
(ख) प्रदेश अन्तर्गत सञ्चालित स्वास्थ्य संस्था वा प्रदेशबाट इजाजतपत्र प्राप्त गरेका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्रदेश मन्त्रालयले तोकेको निकायमा,
(ग) नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य संस्था वा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट इजाजतपत्र प्राप्त गरेका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले मन्त्रालयले तोकेको निकायमा ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा ऐन तथा यस नियमावली बमोजिमको योग्यता र मापदण्ड पूरा गरे नगरेको जाँचबुझ गरी योग्यता र मापदण्ड पूरा गरेको पाइएमा उपनियम (१) बमोजिमको निकायले अनुसूची-९ बमोजिमको ढाँचामा सूचीकृत गरी अनुसूची-१० बमोजिमको ढाँचामा सूचीकृत गरिएको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) यस नियम बमोजिम सूचीकृत भएको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले सूचीकृत हुँदा पेश गरेको विवरण परिवर्तन भएमा त्यसरी परिवर्तन भएको पन्ध्र दिनभित्र आफू सूचीकृत भएको निकायमा भएको विवरण अद्यावधिक गराउनु पर्नेछ।
(४) सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सूचीकृत भएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले प्राप्त सूचीकृत प्रमाणपत्र सेवा प्रवाह हुने स्थानमा सबैले देख सक्ने गरी राख्नु पर्नेछ ।
(५) उपनियम (२) बमोजिम सूचीकृत गर्ने निकायले प्रत्येक वर्ष सूचीकृत स्वास्थ्य संस्थाको अद्यावधिक सूची सार्वजनिक जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।